Skip to content
LAXMI SUNRISE BANK

चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।अस्पतालका अनुसार भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार राति ८ः४० बजे मृत्यु भएको हो ।
असोज २२ गते कोरोना संक्रमण पुष्टी भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालका सूचना अधिकारी डा.किशोर अधिकारीले जानकारी दिए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK