×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माण्डु हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माण्डु हाइड्रोपावरले १० प्रतिशत लाभांश दिने, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

१७ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तवित लाभांश हाइड्रोपावरको आगामी साधारणसभा र विद्युत नियमन आयोगले अनुमोदन गरेपछि मात्र सेयरधनीलाई वितरण हुनेछ ।

त्यस्तै, कम्पनीले लाभांश पारित गर्न मङ्सिर १५ गते वार्षिक साधारणसभा गर्ने भएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज हुनेछ । तसर्थ, मंसिर ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन योग्य हुने जनाईएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी