काठमाडौँ । कामना सेवा विकास बैंकले प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ । सो बैंकले १६औं वर्ष पार गरि १७औं वर्षमा प्रवेश गरेको शुभ अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले प्रहरी कार्यालय रानी पोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरेकोमा आभार व्यक्त गरेका थिए । साथै, प्रहरी कन्ट्रोल रुमको सेवासमेत छिटो र छरितो हुन थालेको बताएका छन् ।
बैंकले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरेको जानकारी दिएको छ । बैंकले गत शुक्रबार देखि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको जनाएको छ ।