×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसविआई मर्चेन्ट बैंकिङले ल्यायो नयाँ अफर, निश्चित अवधिका लागि बम्पर छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसविआई मर्चेन्ट बैंकिङले ल्यायो नयाँ अफर, निश्चित अवधिका लागि बम्पर छुट

Artha Sarokar

२१ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल एसविआई मर्चेन्ट बैंकिङले नयाँ अफर सार्वजनिक गरेको छ । उक्त कम्पनीले डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि बम्पर छुट सहितका नयाँ अफर सार्वजनिक गरेको हो ।

कम्पनीले एक सुचना जारी गर्दै मेरो सेयर खाताहरुको सहज पहुँच, सुपथ लागतमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने तथा पूँजीबजारमा सहभागिताका साथै धितोपत्र निष्काशनमा कम्पनीको पूँजी सुनिश्चितता लागि सहयोग हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार, ‘डिम्याट खाता नि:शुल्क खोलिने छ  । एक वर्षसम्मको डिम्याट तथा मेरो सेयरको नविकरण गर्दा ५० प्रतिशत छुट पाइनेछ । नि:शुल्क डिम्याट खाताका साथै ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरणमा ३७ दशमलव ६३ प्रतिशत छुट हुने छ । परिवार योजना अन्तरगत ३ जनाको डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा १ जनाको नि:शुल्क हुने छ भने ३३ दशमलव ३३ प्रतिशत छुट दिइने छ ।’

त्यस्तै, कम्पनीले नि:शुल्क डिम्याट खाता, १० वर्ष डिम्याट तथा मेरो सेयरको नविकरणमा ३५ दशमलव ५५ प्रतिशत छुट दिने जानकारी दिएको छ । साथै, नि:शुल्क डिम्याट खाता खोली आजिवन नविकरण गरेमा ८० दशमलव १४ प्रतिशत छुट दिने कम्पनीले जनाएको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी