काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले कार्तिक २३ गते बिहीबारदेखि संस्थापक समुह तर्फको सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले प्रभु ग्रुप प्रालिको नाममा रहेको ४ लाख ९७ हजार ३ सय ६९ कित्ता, जानुका खड्काको नाममा रहेको २७ हजार कित्ता र कृष्ण प्रसाद पोखरेलको नाममा रहेको ३९ हजार ४ सय ९ कित्ता गरी कुल ५ लाख ६३ हजार ७ सय ७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति वा संघ संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । यस अघि बैंकले सो सेयर बैंकका संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन मिल्ने गरी बिक्री खुला गरेको थियो ।
सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्