×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तिहारलगत्तै १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्छौं’ : सुदन किराँती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘तिहारलगत्तै १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्छौं’ : सुदन किराँती

Artha Sarokar

२३ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तिहारलगत्तै साना र मध्यम खालका १० वटा जहाज खरिदका लागि टेन्डर आह्वान गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक होटलको उद्धघाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पर्यटनको विकासका लागि न्यारोबडी, कंक्रुडमा उडान गर्न सक्ने मध्यम जहाज र केही साना गरी १० वटा जहाज खरिदका लागि टेन्डरको तयारी भईरहेको मन्त्री किराँतीले बताएका थिए । उनले भने, ‘अहिले उडिरहेको २ वटा जहाजमा १ थपेर ३ बनाउने, थप ३ वटा खरिद गरेपछि ६ हुन्छ । दुर्गम क्षेत्रमा २२ वटा एयरपोर्ट खाली छ । त्यहाँ ६ वटा जहाज भयो भने मज्जाले उडाउन सक्छौं । तिहार पछाडि १० ओटा जहाज खरिदका लागि टेन्डर गर्ने हाम्रो तयारी छ ।’

त्यस्तै, उनले इजरायलबाट नेपालीको उद्दार गर्न प्रयोग भएको जहाजको उपयोगिताको चर्चा गर्दै नेपालका दुर्गम क्षेत्रमा सुत्केरी उद्दार गर्नेदेखि विपदको समयमा गरेको कामले जहाजको उपयोगिता पुष्टि भईसकेको बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी