काठमाडौँ । मुगुमा एक नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिन सुरु गरेको छ । मुगुको छायाँनाथ रारा गाउँपालिकाले नगरसभामार्फत गरेको निर्णय कार्यान्वयन गर्दै अन्तरजातीय विवाह गरेका जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ दिन सुरु गरेको हो ।
नगरपालिकाले अन्तरजातीय विवाह गरेका छायाँनाथ रारा–१० चरापगाउँका २५ वर्षीय दवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढालाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान गरेको छ ।
नगरपालिकाले १२औँ नगरसभा मार्फत अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नगरपालिकामा अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिइएको र आगामी दिनमा पनि दिइने नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्