×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

धौलागिरी लघुवित्तले १५ प्रतिशत लाभांश दिने

Artha Sarokar

२४ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको कार्तिक २२ गते बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने जनाईएको छ ।

कम्पनीको १३ करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी