काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि राहत सहयोग गर्ने भएको छ । कम्पनीले जागरकोट केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पबाट प्रभावित परिवारका लागि राहत सामाग्री सहयोग गर्न लागेको हो ।
कम्पनीले जाजरकोटको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई ५ लाख बराबरको न्यानो कम्बल सहयोग गर्न लागेको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै भूकम्पबाट प्रभावित परिवारलाई राहत सामाग्री सहयोग गर्न लागेको कम्पनीले जनाएको छ । भूकम्पका कारण मृत्यु भएका नागरिकहरुप्रति कम्पनीले श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।
साथै, कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना इन्स्योरेन्सका सम्पूर्ण अभिकर्ता तथा अन्य कर्मचारीहरूलाई पीडितको उद्धार कार्यमा सहभागी हुन अपिल गरेको छ ।