काठमाडौँ । नयाँ स्टक एक्सचेन्ज तत्काल आउनुपर्छ । पुँजीबजारको विकास र विस्तारको काम अब कुनै माफियाको बार्गेनिङ र झगडाले रोकिनुहुन्न । पाउने र नपाउने बीचको लडाइमा किन तमासा मित्रहरु ? हामी लगानीकर्तालाई त जसले पाए पनि केही मतलब भएन तर खुला प्रतिस्पर्धाबाट आउने अन्तराष्ट्रिय स्तरको नयाँ स्टक एक्सचेन्ज त चाहियो–चाहियो ।
विरोध गर्ने साथिहरुको लजिक ‘पूँजीबजार अन्तराष्ट्रीय स्तरमा विकास र बिस्तारको निम्ति नयाँ स्टक एक्सचेन्ज चाहिन्छ, यसमा असहमत हैन रे तर त्यो फल्नाले दिनु हुन्न रे’ । उहाँहरुले भनेको मान्छेले भनेकै समूहलाई दिनुपर्छ रे अनि मात्र समर्थन गर्ने रे । उहाँहरुले भनेको कम्पनीले नपाए नियतमा शंका हुन्छ रे उहाँहरुलाई ।
ए हजुर ! यहाँ नयाँ स्टक एक्सचेन्ज दिनुहुन्छ या हुँदैन भन्ने विवाद नै होइन रहेछ नि, यहाँ सबै ९९ प्रतिशतलाई नयाँ एक्सचेन्ज चाहिएको छ । मात्र, आफूले भनेको व्यापारी र समुहले पाउँछ कि पाउँदैन भन्ने चिन्ताको अभिव्यक्ति मात्र देखिन्छ सबैमा । खुला प्रतिस्पर्धाबाट आएपछि जो–जसले पाओस् वा नपाओस् हामिले सरोकार राख्न जरुरी छैन । किनकी हामी लगानीकर्ताको निम्ति जुन समूहले लिए पनि कुनै फरक पर्दैन । मात्र हामीलाई अन्तराष्ट्रिय स्तरको प्रतिस्पर्धी नयाँ स्टक एक्सचेन्ज चाहियो ।
विरोधी मित्रहरुको दूधले धोएको एक पैसा नखाने मान्छे स्वर्गलोक, मृत्युलोक, पृथ्वीलोक कहाँ हुनुहुन्छ ? जसले आएर दिँदा तपाईहरुलाई चित्त बुझ्ने हो ? भ्रष्टाचार गरेको वा गैरकानुनी गलत भएको हो भने प्रमाणसहित कारवाहीको दायरामा ल्याउन के ले रोक्छ र छ ? तर, काम नै अवरुद्ध गर्न पाइदैन । राजनीति नगरौँ ‘फल्ना मन्त्रीको पालामा भएको गलत, हामिले हाम्राले त्यही गरेको भए सही’ भने जस्तो ।
हामीलाई काम गर्ने मान्छे मन पर्दैन यदि कसैले आँट गरेर काम गर्यो भने हरेकले चौतर्फी घेराबन्दीको सामना गर्नुपर्ने हुन्छ । हाम्रो देशमा कसैले काम गर्यो कि खाएरै गर्यो जस्तो लाग्छ किनकी त्यो आरोप लगाउनेलाई आफ्नै अनुभव सुनाउन मन हुन्छ किनकी नखाई यहाँ काम हुन्न र आरोप लगाउनेहरु नै भए पनि नखाइ गर्दैन थिए । यो देशमा काम नगर्ने, चाप्लुसी गर्ने र अलिकति काम गर्न साथ माफिया र व्यापारीको स्वार्थ केन्द्रित हुने अनि टन्न पैसा खाने हामीलाई मन पर्छ, फेरि भन्छौँ ‘यो देश कहिले बन्दैन ।’
नयाँ स्टक एक्सचेन्ज अब कसैले रोकेर रोकिन्न अनि रोकिनु हुन्न, किनकी पूँजीबजारलाई अन्तराष्ट्रिय स्तरमा विकास र बिस्तार गर्न अत्याधुनिक नयाँ स्टक एक्सचेन्ज अहिले अपरिहार्य रहेको छ । जोसँग जति घण्टा पनि बहस गर्न तयार छु । नयाँ स्टक एक्सचेन्ज नआई यही केही माफियाको घेराबन्दीमा रहेको लगानीकर्तालाई धुरुक्कै पारेको नेप्सेले बजार सम्हाल्न सक्दैन । सुधारको एक पाइला सार्न तयार नहुने नेप्सेलाई सँधै काँध हालेर सम्पूर्ण लगानीकर्ताहरूलाई पीडा दिन सकिन्न । जय पूँजी बजार, जय लगानीकर्ता ।
(सेयर लगानीकर्ता रोहन कार्कीको फेसबुकबाट)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्