×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यापार मालाको, खुसी तिहारको (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

व्यापार मालाको, खुसी तिहारको (फोटो-कथा)

Artha Sarokar

२७ कार्तिक २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तिहारको उत्सवसँगै अहिले फूलको मालाको व्यापार पनि बढेको छ । काठमाडौँका सडकहरुमा अहिले फूलका माला बेच्ने र किन्नेहरुको भीड छ । यसैबीच चाडपर्वका समयमा सबैभन्दा धेरै भिडभाड हुने न्युरोडमा पनि फूलका माला बेच्ने र किन्नेहरुको भीड लागेको छ । 

हातमा थरीथरीका फूलका मालाहरु लिएर व्यापारीहरु फुटपाथमै माला बेचिरहेका छन् । सरकारले प्लाष्टिकका फूलमालामा प्रतिबन्ध लगाएसँगै फूलको मालको व्यापारमा वृद्धि देखिएको छ । यसै पनि तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ । यसर्थ पनि न्युरोडमा फूल बेच्ने र किन्नेहरुको घुँइचोले तिहारको छुट्टै रौनक थपेको छ । 

फूलका माला बेच्ने व्यापारीहरुले फूलको प्रकृति, आकार र बनावटका आधारमा मूल्य निर्धारण गरेका छन् । हाल न्युरोडमा फूलका माला प्रतिगोटा १ सय ५० देखि दुई सय सम्ममा बिक्री भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी