काठमाडौँ । सामाजिक संजाल टिकटकमाथि सरकारले गरेको प्रतिबन्धविरुद्ध सर्वोच्चमा ८ वटा रिट परेका छन् । टिकटक माथिको प्रतिबन्धले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको, निर्णय गर्दा कुनै कानूनी आधार नटेकेको भन्दै सरकारको निर्णय खारेज हुनुपर्ने मागसहित रिट परेको हो ।
पेश भएका ९ वटा रिट निवेदनहरुका लागि पहिलो पेशी सोमबार तोकिएको हो । आइतबार छटको विदा परेकाले सोमबारका लागि पेशी तोकिएको हो । प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।