Skip to content
LAXMI SUNRISE BANK

ग्रीन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त

अर्थ सरोकार

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन् । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा  गुरुङ्ग नियुक्त भएका हुन् ।बैंक तथा वित्तीय क्षेत्रमा दुई दशक भन्दा लामो कार्य अनुभव रहेका गुरुङ्गलाई सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनले यसअघि साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।

त्यस्तै, उनले वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । ग्रीन डेभलपमेन्ट बैंकको नव नियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले उच्च व्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गरेका थिए ।

सो बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने अधिकृतले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK