Skip to content
LAXMI SUNRISE BANK

हिमालयन लघुवित्तको शाखा कार्यालय पर्साद्धारा बिमा दावी रकम भुक्तानी

अर्थ सरोकार

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीयको  शाखा कार्यालय विरुवागुठी पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । संस्थाको सदस्य मिना देवीको श्रीमान् सोहन साह तेलीको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।

पर्सा जिल्ला सखुवा प्रसौनी गाँउपालीका वडा नं.५ महुवन टोलमा रहेको केन्द्र नं.६४ कि सदस्य मिना देवीले संस्थाबाट २ लाख २५ हजार रुपैयाँ कर्जा लिएकी थिईन । सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार रुर्पैयाँ तथा तिरेको किस्ता रकम १ लाख ११ हजार रुपैयाँसमेत फिर्ता गरेको छ ।

निज सदस्यलाई १ लाख ३६ हजार  रकम एकमुष्ट भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी गराएका छन् । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।

संस्थाले दुःखको समयमा  सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई आभार व्यक्त गरेका छन् ।

रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक, कर्मचारी गजिन्द्र कुमार पटेल, सदस्यहरु र केन्द्रका संचालक अर्जुन कुमार यादवको उपस्थिति रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK