Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले मङ्सिर १२ गते मंगलबारदेखि १ हजार २ सय ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका सेयरधनी अम्बर बहादुर तारमी मगरले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागेका हुन् । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक सेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं र सेयर रजिष्ट्रारको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिमा कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK