काठमाडौँ । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई भार नपर्ने र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्ने बताएका छन् । उनले मुलुकको आर्थिक क्षेत्रमा सहज वातावरण निर्माणको लागि सरकार कटिबद्ध रहेको उल्लेख गर्दै यस्तो सुधारका क्रममा राज्यमाथि अतिरिक्त व्ययभार हुन नहुने तथा उपभोक्तामाथि पनि अन्याय गर्न नहुने बताएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघको प्रतिनिधिमण्डलसँग मंगलबार भएको भेटमा दुवाडीले भने, ‘राज्यकोषमा भार नपर्ने तथा जनताले पाउने सुविधामा कटौती नगरी सबैखाले सुधार गर्न सरकार तयार छ ।’
यस्तै, उद्योगी व्यवसायीको पीरमर्का बुझ्ने माथिल्लो निकाय भनेकै आफ्नो मन्त्रालय रहेको उल्लेख गर्दै सचिवले देशमा व्यवसाय गर्ने वातावरण छ भन्ने अवस्था सिर्जनाका लागि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । संस्थागत सुशासनको क्षेत्रमा सुधार गर्ने तथा जनतासँग जोडिएका विषयमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता जनाउँदै उनले ग्यास उद्योगीले मापदण्डअनुसार ग्यास सिलिण्डरको गुणस्तर कायम राख्न तथा निर्धारित तौलअनुसारका ग्यासमात्र बिक्री गर्नुपर्ने जानकारी दिएका छन् ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले सो भेटमा आगलागीजस्ता घटनामा कुनै अध्ययन अनुसन्धान नगरी ग्यास सिलिण्डरका कारण दुर्घटना भएको भन्नेजस्ता अफवाह फैलाइने गरिएकाकारण बिमामा समस्या हुनथालेको बताए । अध्यक्षले आगलागीका घटनापछि बिमाको लोभमा सिलिण्डर पड्किएर भन्ने कागजात बनाउन प्रहरी र स्थानीय जनप्रतिनिधिको मिलेमतो देखिएको भन्दै यस्तो विकृति नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
ग्यास प्रयोग सचेतनासम्बन्धी कार्यक्रम सञ्चालनका लागि सरकार र व्यवसायीबीच यसअघि भएको सहमति कार्यान्वयन हुनुपर्ने संघको माग रहेको छ । भेटमा संघका पूर्वअध्यक्ष सावरमल अग्रवाल, वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठ, सचिव अमित अग्रवाललगायतका सहभागी थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्