काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच भेटवार्ता भएको छ । गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच बिहीबार भएको भेटवार्तामा मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको हो ।
यस्तै, उनीहरुबीच मौद्रिक नीतिको समीक्षामा छलफल भएको छ । सो अवसरमा उनले अर्थमन्त्री समक्ष आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पनि बुझाएका छन् । प्रतिवेदनका अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९- ८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ ।
केन्द्रीय बैंकले आर्थिक वर्ष २०७९-८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढी हो ।
त्यस्तै, गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रुपैयाँ भएको थियो ।