×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट लघुवित्तको सिईओमा महेश कुमार चौधरी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सपोर्ट लघुवित्तको सिईओमा महेश कुमार चौधरी नियुक्त

Artha Sarokar

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सपोर्ट लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई चार वर्षको लागि संस्थाको सिईओमा नियुक्त गरेको हो ।

बैठकले उनलाई मंसिर १५ गते देखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको छ । उनले शुक्रबार  पदभार ग्रहण गरेका हुन् ।

चौधरीसँग अन्तराष्ट्रीय गैर सरकारी संस्थाहरुमा ३ वर्ष, अध्यापन क्षेत्रमा ५ वर्षको कार्य अनुभव रहेको छ । साथै, संयुक्त राष्ट्र संघको नेपाल स्थित एजेन्सी विश्व स्वास्थ्य संगठनमा लेखा तथा प्रशाशनमा ७ वर्ष र लघुवित्त क्षेत्रमा व्यवस्थापकिय श्रेणीबाट प्रवेश गरी नायव प्रमुख कार्यकारी अधिकत पदसम्म १० बर्ष कार्य गरेको अनुभव रहेको छ ।

उनले एमविए सम्मको अध्ययन पूरा गरी बैंक वित्तीय क्षेत्र व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका छन् । संस्थाले चौधरीको नेतृत्व क्षमता र कार्यानुभवले सपोर्ट लघुवित्तको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी