×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रो डिभलपर्सको ७.३७ प्रतिशत लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल हाइड्रो डिभलपर्सको ७.३७ प्रतिशत लाभांश घोषणा

Artha Sarokar

१७ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल हाइड्रो डिभलपर्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने भएको हो ।

कम्पनीको संचालक समितिको बैठकले चुक्त्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले पुस  १२ गते साधारणसभा गर्ने भएको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी