×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्दीको प्रभावः चिनियाँ बैंकमा ‘डिफल्ट लोन’ ह्वात्तै बढ्यो, ऋण नतिर्ने ८५ लाख ४० हजार ऋणी कालोसूचीमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मन्दीको प्रभावः चिनियाँ बैंकमा ‘डिफल्ट लोन’ ह्वात्तै बढ्यो, ऋण नतिर्ने ८५ लाख ४० हजार ऋणी कालोसूचीमा !

१८ मंसिर २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चिनियाँ बैंकमा ‘डिफल्ट लोन’ को संख्या ह्वात्तै बढेको छ । विश्वव्यापी महामारी कोभिड १९ को संक्रमणका बेला चिनियाँ बैंकको ठूलो ऋण बिग्रिएको भए पनि ‘डिफल्ट लोन’ को संख्या अहिले त्यसयताकै उच्च बिन्दुमा पुगेको छ । जानकारहरु यसलाई आर्थिक मन्दीको प्रभाव बताउँछन् ।

यसै पनि कोरोना महामारीपछि चीन ठूलो आर्थिक संकटको सामाना गरिरहेको छ । महामारीमा ठूलो संख्यामा रोजगारी गुम्नु र उत्पादक कम्पनी बन्द हुने स्थितिमा पुगेपछि चीनमा समस्या देखिएको थियो । तर, चीन सरकारले अर्थतन्त्र सबलीकरणका लागि विभिन्न अस्त्र प्रयोग गरेपछि केही हदसम्म चीनको अर्थतन्त्र सम्हालिएको थियो । तर, हाल भने चीनको अर्थतन्त्रमा संकट देखिन थालेको छ । जानकारहरुका अनुसार चिनियाँ बैंकहरुमा बढेको ‘डिफल्ट लोन यसको बलियो प्रमाण हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार चिनियाँ बैंकहरुले ऋण नतिर्ने ८५ लाख ४० हजार भन्दा बढी ऋणीहरुलाई कालोसूचीमा राखेका छन् । कालोसूचीमा पर्नेमा १८ देखि ५९ वर्ष उमेर समूहका ऋणीहरु रहेका छन् । जसमध्ये अधिकांश ऋणीहरु ऋण तिर्न नसक्ने अवस्थाका रहेको पाइएको छ ।

यसो त सन् २०२० को सुरुवातमा चिनियाँ बैंकको कालोसूचीमा पर्ने ऋणीको संख्या ५७ लाख नाघेको थियो । तर, कोरोना महामारी र आर्थिक मन्दीका कारण आम्दानी घटेसँगै चीनमा ऋण नतिर्नेहरु बढेका हुन् । हाल कालोसूचीमा परेका ऋणीहरुमाथि हवाईजहाजको टिकट खरिद, अलिपे तथा वीच्याट जस्ता मोबाइल एपमार्फत भुक्तानी गर्न प्रतिबन्ध लगाइएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी