×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नबिल बैंकले ३० लाख इकाई ऋणपत्र जारी गर्ने

Artha Sarokar

२१ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले मङ्सिर २९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्ने भएको हो ।

बैंकले ७ वर्ष अवधिको ‘९% नबिल डेबेञ्चर २०८७’ जारी गर्न लागेको हो । सो ३० लाख इकाईमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ संस्थाहरुलाई बिक्री गर्ने भएको छ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गरिने जनाईएको छ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज दिने भएको छ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ । सो ऋणपत्रमा पुस ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा पुस १३ गतेसम्म आवेदन मिती लम्ब्याईने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी