×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ११.७३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ७९ करोडमाथिको कारोबार हुँदा नेप्से १८५२.७७ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार ११.७३ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्व ७९ करोडमाथिको कारोबार हुँदा नेप्से १८५२.७७ बिन्दुमा

Artha Sarokar

२१ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ११.७३ अंकले बढेर १८५२.७७ बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल २९९ कम्पनीको ९५ लाख ५ हजार ६ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व ७९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा त्रिसुली जल विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा समाज लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फण्ड-२, आशा लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ८६ करोड ८३ लाख ७८ हजार एक सय रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सिटिजन्स लाइफ इन्स्योरेन्स, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, माउनटेन इनर्जी नेपाल, ग्लोबल आइएमई बैंक लिमिटेडको प्रमोटर सेयर र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थामा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, विजय लघुवित्त वित्तीय संस्था, मेंछियम हाइड्रोपावर र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी