काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक २.६० अंकले बढेर १९८८.०४ बिन्दुमा पुगेको हो ।
बुधबार नेप्सेमा कुल २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ६७ लाख ९३ हजार १ सय ५६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मोलुङ हाइड्रोपावर, घलेम्दी हाइड्रो, ८.५% सानिमा डेबेञ्चर २०८७, मानुषी लघुवित्त वित्तीय संस्था र सिटिजन्स म्युचुअल फण्ड-२ का लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ६७ लाख ९३ हजार १ सय ५६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, अरुण काबेली पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट र हिमालयन लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बुधबारको सेयर बजारमा कुथेली बुखरी स्माल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । कुथेली बुखरी स्माल हाइड्रोपावरमा यस्तो गिरावट आउँदा सुपर माई हाइड्रोपावर, सानिमा जिआइसी इन्स्योरेन्स, इमेर्जिंग नेपाल लिमिटेड र पिपुल्स हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्