×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा कोषको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट राजनसिंह भण्डारी नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सामाजिक सुरक्षा कोषको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट राजनसिंह भण्डारी नियुक्त

Artha Sarokar

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सामाजिक सुरक्षा कोषको सञ्चालकमा चार्टर्ड एकाउन्टेन्ट राजनसिंह भण्डारी नियुक्त भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई मंसिरको पहिलो साता नै सञ्चालकमा नियुक्त गरेको हो ।

भण्डारी सिटिजन्स बैंकको पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हुन् । सिटिजन्स बैंकको स्थापनादेखि सिइओ भएका भण्डारी बैंकको अध्यक्षसमेत थिए । उनी केही समय अघि मात्रै बैंकको अध्यक्ष पदबाट बाहिरिएका हुन् ।

नेपाल बैंकर्स संघको अध्यक्षसमेत भइसकेको भण्डारी नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी पनि हुन् । सामाजिक सुरक्षा कोषको सञ्चालकमा नियुक्त भण्डारीसँग बैंकिङ क्षेत्रमा लामो समयको कार्यानुभव रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी