काठमाडौँ । इन्जिनियरिङ पढ्ने विद्यार्थी नपाएपछि पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ । प्रवेश परीक्षाको समय सकिँदा पनि विद्यार्थी नपाएपछि एक सूचना जारी गर्दै विश्वविद्यालयले रिक्त रहेको सिटका लागि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको हो । यसका लागि विश्वविद्यालयले फारम पनि खुलाएको छ ।
विश्वविद्यालयद्वारा जारी सूचना अनुसार इन्जिनियरिङ संकाय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त कलेजहरुमा सञ्चालित स्नातक तहका सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड अटोमेसन, जियोमेटिक, बायोमेडिकल र आर्किटेक्चरमा विद्यार्थी अपुग भएको छ ।
विद्यार्थी अपुग भएपछि विश्वविद्यालयले पुनः लिन लागेको प्रवेश परीक्षा पुष २१ गते हुने सूचनामा उल्लेख छ । इच्छुक विद्यार्थीले प्रवेश परीक्षाका लागि पुष १४ गतेसम्म दुई हजार र पुष १६ गतेसम्म बिलम्ब दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्