काठमाडौं । सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् । दुबईबाट ल्याईएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको हो ।
मङ्सिर २१ गते राती दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । पक्राउ परेका घलेले अध्यागमनको वाकथ्रु गेटमा जानुअघि नै विमानस्थलको शौचालयमा सुन राख्ने र त्यहाँबाट फोहोरको रुपमा बाहिर निकाल्ने योजनासहित आएको बताएका थिएका थिए ।
सरकारले उक्त सुन प्रकरणको अनुसन्धानका लागि प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन गरेको थियो । सो समितिले अनुसन्धानका लागि विमानस्थलका सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई बुधवार राति भक्तपुरबाट पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्