Skip to content
LAXMI SUNRISE BANK

फोनपेको संचालक समितिको अध्यक्षमा सशीन जोशी नियुक्त

अर्थ सरोकार

काठमाडौं । फोनपेले आफ्नो संचालक समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको छ । उनलाई मङ्सिर २७ गते नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सपथ ग्रहण गराएका थिए । यस अघि उनी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए ।

सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन्। करिव दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

फोनपे जस्तो संस्थाको अध्यक्षको रुपमा काम गर्न पाउँदा आफुलाई निकै खुसी लाग्नुको साथसाथै नयाँ अनुभव समेत हुने जोशीले बताए । साथै, अध्यक्षको रुपमा आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहने विश्वास दिलाए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK