Skip to content
LAXMI SUNRISE BANK

बालकृष्ण खाँणले अदालतमा बुझाए ३० लाखको बैंक ग्यारेन्टी

अर्थ सरोकार

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटीबापतको रकम पुग्ने बैंक ग्यारेन्टी पेश गरेका छन् । शुक्रबार जिल्ला अदालत काठमाडौँ पुगेर खाँणले धरौटीको ३० लाख बराबरको बैंक ग्यारेन्टी पेश गरेका हुन् ।

कारागार चलान गर्नेगरी जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा खाँणलाई छाड्न आदेश दिएपछि शुक्रबार खाँणले धरौटी अनुसारको बैंक ग्यारेन्टी जम्मा गराएका हुन ।

तर, अदालतमा उनले धरौटी रकम अनुसार ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि तत्काल उनी छुट्ने छैनन् । खाँणलाई शुक्रबार नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराउने बताइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई गत बैशाख २७ गते प्रहरीले काठमाडौंको चाबहिलस्थित उनकै निवासबाट पक्राउ गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK