Skip to content
LAXMI SUNRISE BANK

आइतबार १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३०० रुपैयाँले घटेर एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य एक लाख ९ सय ९५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ५ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK