Skip to content
LAXMI SUNRISE BANK

सोमबार राष्ट्रिय झण्डा आधार झुकाएर एक दिने शोक मनाइने

अर्थ सरोकार

काठमाडौँ । सोमबार नेपाल सरकारले एक दिने शोक मनाउने भएको छ । नेपाल सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाहको निधनमा सोमबार शोक मनाउने भएको हो ।

सोमबार नेपाल सरकारले राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने भएको छ । कुवेतका अमिरको सम्मानमा राष्ट्रिय झण्डा आधार झुकाएर शोक मनाउने गृह मन्त्रालयले एक सूचना जारी गर्दै जानकारी दिइसकेको छ ।

योसँगै सोमबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । अमिरको ८६ वर्षको उमेरमा निधन भएको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK