×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सीइओका लागि ५ जनाको नाम ‘सर्टलिष्ट’, हल्ला गरिएका सबै आउट !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको सीइओका लागि ५ जनाको नाम ‘सर्टलिष्ट’, हल्ला गरिएका सबै आउट !

Artha Sarokar

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल बैंकको सीइओ बन्न १९ जनाले आवेदन दिएकोमा पाँच जनाको नाम ‘सर्ट लिष्टिङ’मा परेको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै ‘सर्ट लिष्टिङ’ पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

सञ्चालक समितिबाट गठित प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति सिफारिस सम्बन्धी उपमसतिको पुष १ गतेको बैठकले बैंकको सीइओका लागि पाँच जनाको नाम ‘सर्ट लिष्टिङ’ गरेको हो ।

‘सर्टलिष्ट’मा पर्नेमा अशोक कुमार पौडेल, तिलक राज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त रहेका छन् । उनीहरुलाई सीइओ पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० को दफा ८(१) मा भएको व्यवस्था अनुसार शैक्षिक योग्यता, कार्यानुवभ र व्यवसायिक कार्य योजनाको मूल्यांकनमा प्राप्त गरेको प्राप्तांकको याग्यताक्रमको आधारमा ‘सर्ट लिष्टिङ’ गरिएको बैंकले जनाएको छ ।

अब ‘सर्टलिष्ट’मा परेका उम्मेदवारहरु मध्ये प्रस्तुतीकरण र अन्तर्वार्तामा उत्कृष्ट एकजनालाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिनेछ ।

तर, बैंकको सीइओका लागि हल्ला गरिएकाहरु भने ‘सर्टलिष्ट’मा परेनन् । यसो त बैंकको सीइओका लागि आवेदन दिने बेलामै बैंकको सीइओ को ? भन्नेबारे बहस नै छेडिएको थियो । तर, आवेदन परेका १९ जना उम्मेदवारबाट बैंकको ‘सर्ट लिष्टिङ’ यसअघि हल्ला चलाइएकाहरु भने परेका छैनन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी