काठमाडौं । ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आइतबार सम्पन्न भएको संचालक समितिको बैठकले बराललाई पौष १ गते देखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनीसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेको अनुभव रहेको छ । साथै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ ।
भारतको आईसएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एलएलबिको साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।
नव नियुक्त सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्ने कुरामा क्यापिटल विश्वस्त रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्