Skip to content
LAXMI SUNRISE BANK

करेलाको मूल्य बढ्दा कुरिलो मूल्य घट्यो, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य (मूल्यसूचीसहित)

अर्थ सरोकार

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तितो करेलाको मूल्य बढेको छ । सोमबारको तुलनामा करेलाको मूल्य ३० रुपैयाँले बढेर न्युनतम १०० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । त्यस्तै, कुरिलोको मूल्य भने २०० रुपैयाँले घटेर प्रतिकेजी ८०० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, लोकल सानो गोलभेडा १२ रुपैयाँ, टनेलको सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा सानो (तराई) २० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ र सेतो आलु २६ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १४० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला ८ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, मकै बोडी ७०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, राजमा १३० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तिते करेला १००, लौका ६०, परवल ९०, चिचिन्ड़ो ६०, घिरौला ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी ११०, सखरखण्ड ६०, बरेला ७०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ९०, बकुला ७०, तरुल ७०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, कुरिलो ८००, ब्रोकाउली ५०, चुकन्दर ७०, सजीवन १८०, रातो बन्दा १५०, जिरीको साग ९०, सेलेरी १००, पार्सले २५०, सौफको साग १२०, पुदिना २८०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ४०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ३५०, हरियो लसुन ९०, हरियो धनिया १००, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, झोले स्याउ २००, केरा (दर्जन) १३०, कागती १२०, अनार ३००, हरियो अंगुर २२०, कालो अंगुर २५०, नेपाली सुन्तला १००, भारतीय सुन्तला ८०, हरियो तर्बुजा ६०, मौसम १३०, जुनार १५०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ९०, हाइब्रिड काक्रो ३०, निबुवा ५०, रुख कटहर ११०, चाइनीज नासपाती २४०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १००, लप्सी ६०, किनु १२०, किवी ४००, शरिफा २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK