×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवम् सिमेन्टद्वारा १५ प्रतिशत लाभांश घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिवम् सिमेन्टद्वारा १५ प्रतिशत लाभांश घोषणा

Artha Sarokar

३ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुष ३ गते मंगलबार बसेको संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

यता लाभांश पारित गर्न कम्पनीले पुष २७ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुष १८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ । तसर्थ, पुष १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउने छन् ।

गत वर्ष कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी