काठमाडौँ । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष करण चौधरीलाई बनाउने सहमति भएको छ । नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेतिसहितका नाडाका पूर्व अध्यक्षहरुको बैठकबाट चौधरीलाई अध्यक्ष बनाउने सहमति भएको हो ।
उक्त बैठकबाट नाडाका अध्यक्षका प्रत्यासी आकाश गोल्छालाई अर्को पटक अध्यक्ष बनाउने सर्तमा अहिले नाडाको अध्यक्ष चौधरीलाई बनाउने गरी सहमति भएको हो । योसँगै नाडाको अध्यक्षमा चौधरी सर्वसम्मत चयन हुने भएका छन् ।
नेतृत्व चयन गर्दा सहमति भए त्यसले मार्केटमा राम्रो सन्देश जाने भएकाले नाडाको अध्यक्षमा सहमति नै गरिएको नाडाका अध्यक्ष ध्रुव थापाले बताएका छन् । नाडाको ४७औँ साधारणसभा पुष २० र २१ गते हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्