काठमाडौँ । हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।
को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलाई चेकजाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाँच र सोधपुछका क्रममा उनको साथमा रहेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको छ । स्रोत नखुलेकाले उनले बोकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग भएको प्रहरीको अनुमान छ ।
विराटनगरमा यसअघि पनि पटक पटक हुण्डीमा प्रयोग गरिएको ठूलो परिमाण रकम बरामद भइसकेको छ । प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्