काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज हरियो धनिया र पुदिनाको मूल्य घटेको छ । धनियाको मूल्य १० रुपैयाँले घटेर न्युनतम ९० रुपैयाँ र पुदिनाको मूल्य ३० रुपैयाँले घटेर न्युनतम २५० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, टनेलको सानो गोलभेडा १२ रुपैयाँ, गोलभेडा सानो (तराई) १८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३३ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ र सेतो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १४० रुपैयाँ, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ३० रुपैयाँ, रातो मुला १५ रुपैयाँ, लोकल सेतो मुला ८ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४० रुपैयाँ, तने बोडी ९० रुपैयाँ, मकै बोडी ६०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ८० रुपैयाँ, राजमा १३० रुपैयाँ, टाटे सिमि ५० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ९०, लौका ६०, परवल ९०, चिचिन्ड़ो ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी १३०, सखरखण्ड ७०, बरेला ७०, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ३० रुपैयाँ, पालुंगो १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ९०, बकुला ८०, तरुल ७०, कन्य च्याउ १५०, डल्ले च्याउ ३००, कुरिलो १०००, ब्रोकाउली ५०, चुकन्दर ७०, रातो बन्दा १२०, जिरीको साग ९०, सेलेरी १००, पार्सले २५०, सौफको साग १२०, पुदिना २५०, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ४०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी ३५०, हरियो लसुन ९०, हरियो धनिया ९०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, झोले स्याउ २२०, केरा (दर्जन) १३०, कागती १२०, अनार ३२०, हरियो अंगुर २२०, कालो अंगुर २५०, नेपाली सुन्तला १००, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २००, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १५०, लप्सी ६०, किनु १२०, किवी २००, शरिफा २२०, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ७० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्