Skip to content
LAXMI SUNRISE BANK

माइतीघरसहितका निषेधित क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न नपाइने !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको माइतीघर लगायतका निषेधित क्षेत्रमा थप दुई महिनासम्म प्रदर्शन गर्न नपाइने भएको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर, राष्ट्रपति तथा प्रधानमन्त्री निवास लगायतका निषेधित क्षेत्रमा थप दुई महिनासम्म कुनै पनि प्रर्दशन, भेला तथा सम्मेलन गर्न नपाइने जनाएको हो ।

यसो त प्रशासनले गत महिना दुर्गा प्रसाईं र युवासंघको प्रदर्शनलाई लक्षित गर्दै माइतीघर लगायतका क्षेत्रमा १ महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त अवधि सकिएसँगै प्रशासनले थप दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

योसँगै अब शितल निवास, प्रधानमन्त्री निवास, संसद भवन, सिंहदरबार, उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्म दुई महिनासम्म कुनै पनि प्रदर्शन वा भेला गर्न नपाइने भएको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी मान्छे भेला हुन पनि निषेध गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK