काठमाडौँ । सहकारी नेटवर्किङ खडा गरी १६ अर्ब रुपैयाँ ठगेर फरार भएका गीतेन्द्रबाबु राई (जिबी राई) अझै पक्राउ परेका छैनन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले दिएको उजुरीका आधारमा कास्की जिल्ला अदालतले भदौ २४ गते नै पक्राउ पुर्जी जारी गरेको थियो । तर, हालसम्म पनि उनी पक्राउ परेका छैनन् । उनी अझै पनि प्रहरीको फरार सूचीमै रहेका छन् ।
यसो त ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक समेत रहेका जिबी राई सूर्यदर्शन मात्र होइन अन्य थुप्रै सहकारीमा भएको ठगीमा पनि मुछिएका छन् ।
उनी चितवनको सहारा बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था, भैरहवाको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, जितपुरको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीलाई कानुनविपरित ऋण प्रवाह गरी भएको रकम हिनामिनामा पनि मुछिएका छन् । यी सहकारी जिबी राईकै समूहले खोलेका सहकारी हुन् ।
देशभर सहकारी नेटवर्किङ खडा गरेर ठगी गर्ने राईको समूहमा दार्चुलाका भूपेन्द्र राई, बाग्लुङका थानबहादुर बुढामगर, ललितपुरका कुमार रम्तेल र हेमन्त थापा रहेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जिबी राईसहित १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तर, हाल सहकारीका कोषध्यक्ष कुमार रम्तेल मात्रै पक्राउ परेका छन् ।
आफुहरुको करोडौँ रकम डुबेपछि अहिले सहकारीका बचतकर्ताहरु बचत फिर्ताको माग गर्दै सडक संघर्ष गरिरहेका छन् । तर, सहकारी ठगीका नाइकेसहितका अन्य पक्राउ पर्न नसक्दा उक्त केस अघि बढ्न सकेको छैन ।
पक्राउ पुर्जी जारी भएकाहरुविरुद्ध जिल्ला अदालतका कास्कीमा दर्ता गरिएको मुद्दामा बिगो, बिगो अनुसारको जरिवाना र ८ देखि १० वर्ष कैद सजाय माग गरिएको छ ।
यता सहकारी ठगीका नाइके जिबी राई फरार भएपछि उनी सञ्चालक रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा केही दिन अघिदेखि नै सबै काम बन्द भएको छ । हाल सो टिभीमा सम्पूर्ण कामहरु बन्द भएको छ भने टिभीमा गित मात्रै बजाइराखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्