काठमाडौं । एनएमबि बैंक र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीच सम्झौता भएको छ । सम्झौतासँगै अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झंझट घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन् ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाका नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।