काठमाडौं । एनएमबि क्यापिटलले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त लाभांश पारित गर्नका लागि क्यापिटलले पुष २९ गते वार्षिक साधारणसभा डाकेको छ । सभा सभा होटल बाराही, त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिउँसो ४ बजे सुरु हुनेछ ।
सो सभाले कर सहित १७ प्रतिशत लाभांश पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहेको छ ।