काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सीसीटिभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्याइएको छ । यसअघि विमानस्थलभित्र जडित पाँच सय वटा सीसीटिभी क्यामेरामध्ये केहीको स्टोरेज क्षमता २१ दिन मात्र रहे पनि हाल त्यसलाई ६१ दिन पुर्याइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
यसअघि सीसीटिभी क्यामेराको स्टोरेज क्षमता बढीमा २९ दिनसम्म रहेकोमा अब भने ३ महिनासम्म हुने गरी काम थालिएको छ ।
हाल विमानस्थलभित्र १६ वटा टीबी क्षमताको ३६ वटा हार्डडिस्क जडान गरिएको छ । सीसीटिभी क्यामेराको स्टोरेज क्षमता बढाउनका लागि यसअघि नै माग गरिएपछि कोभिडको कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले बजेट उपलब्ध नगराउँदा स्टोरेज बढाउने काम रोकिएको विमास्थल प्रशासनले जनाएको छ ।
१४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा भन्सार विभागले विमानस्थलभित्रको सीसीटिभी क्यामेरामा २१ दिनभन्दा अघिको रेकर्ड फेला पारेको थिएन । सोही प्रश्चात हाल सीसीटिभी क्यामेराको स्टोरेज क्षमता बढाइएको विमानस्थल प्रशासनले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्