काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद सेयर लिलामीमा बिक्री खुला भएको छ । कम्पनीले पुष १३ गते (शुक्रबार) देखि १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
कम्पनीले बिक्री खुला गरेको लिलामीमा लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद पुस २९ गतेसम्म रहेको छ ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्