काठमाडौँ । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका कार्यकारी निर्देशन गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ । ईपीएस कार्यालयबाट कमजोरी भेटिएपछि सुवेदीलाई प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)को निर्देशनमा जिम्मेवारीबाट हटाइएको हो । सुवेदी ईपीएस शाखा ग्वार्कोको कार्यकारी निर्देशक थिए ।
हाल बालकुमारीको आन्दोलनमा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि निलम्बन गरिएको छ । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत बोधराज दनुवार र ललितपुर प्रहरीको अपरेशन कमाण्डर डिएसपी उमेश लम्साल पनि निलम्बनमा परेका छन् ।
बालकुमारीमा दुई युवककको ज्यान जानेगरी भएको आन्दोलनमा सम्बन्धित अधिकारीहरुको लापरवाही देखिएको निष्कर्षसहित उनीहरुलाई जिम्मेवारीबाट हटाइएको प्रधानमन्त्री दाहालले बताएका छन् ।
बिहीबार बालकुमारीमा भएको प्रदर्शनमा अछामका विरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो । हाल घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्