काठमाडौँ । पुष १५ गते (आइतबार) सेयर कारोबार नहुने भएको छ । सरकारले तमु ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएकाले आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार नहुने भएको हो ।
गत साताको कारोबारको अन्तिम दिन १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा झरेर बन्द भएको बजार अब सोमबार मात्रै खुल्नेछ ।
त्यस्तै, आइतबार सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालयहरु पनि बन्द रहनेछन् ।