Skip to content
LAXMI SUNRISE BANK

आइतबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २०० रुपैयाँले घटेर एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन २०० रुपैयाँले घटेर प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर प्रतितोला १४५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख दुई हजार ७ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२४७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK