काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बंकुल रौतहटले बिमा दावी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.७, बंकुल टोलमा रहेको केन्द्र नं. २७ कि सदस्य सरीता देवीको श्रीमान् जयमंगल कहतो कोइरीको मृत्यू पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।
सदस्य सरीता देवीले संस्थाबाट एक लाख ७५ हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम ४९ हजार ५ सय ४०.२० रुपैयाँसमेत फिर्ता गरी कुल रकम एक लाख ५० हजार ४ सय ५९.८० रुपैयाँ निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।
उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहा तथा कर्मचारी हरेराम साह र सो केन्द्रका केन्द्र संचालक सरोज चौधरी,उमेश कुमार यादव,परमान्नद सहनीको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।