Skip to content
LAXMI SUNRISE BANK

अर्थतन्त्र समस्यामुक्त भएको छैनः सीएनआई

अर्थ सरोकार

काठमाडौँ । नेपालको अर्थतन्त्र समस्यामा नै रहेको नेपाल उद्योग परिसंघ (सीएनआई)ले ठहर गरेको छ । परिसंघले गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक सर्वेक्षणले नेपालको अर्थतन्त्र समस्यामा नै रहेको ठहर गरेको हो ।

परिसंघको सर्वेक्षणअनुसार दुई वर्ष अघिको तुलनामा बजारमा समग्र माग पनि ३६.९३ प्रतिशतले घटेको छ । यसले अर्थतन्त्र समस्यामुक्त भइनसकेको पुष्टि हुने परिसंघको भनाई छ ।

परिसंघका अनुसार अर्थतन्त्रमा देखिएको समस्यमामा कारण अघिल्लो आर्थिक वर्ष नै मागमा उच्च गिरावट आए पनि त्यसको तुलनामा चालु आर्थिक वर्षमा अर्थतन्त्रमा सुधार भने देखिएको छैन ।

त्यस्तै, नेपालमा ५२.३२ प्रतिशत उद्योगीले नयाँ लगानीका योजना स्थगित गरेको पनि परिसंघको अध्ययनमा उल्लेख छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK