काठमाडौँ । सुन भनेर फलाम भिडाउने टासी लाक्पा शेर्पा पक्राउ परेका छन् । सोलुखुम्बु घर भएका ४५ वर्षीय शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । सुन भन्दै फलाम भिडाएर शेर्पाले ठगी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेर्पाले ६० लाख रुपैयाँ चाहिएको भन्दै सुरुमा सुजनसँग पैसा मागेका थिए । तर, सुजनले आफूसँग ६० लाख रुपैयाँ नभएको बरु २० लाख मात्रै भएको भन्दै सो रकम शेर्पालाई दिएका थिए ।
पछि शेर्पाले सुजनलाई २० लाख रुपैयाँको सट्टामा सुन भन्दै टेप र खादाले प्याकिङ गरिएको पोका दिएका थिए । तर, उक्त पोका खोलेर हर्दा सुन नभएर फलामको टुक्रा फेला परेपछि सुजन प्रहरीकहाँ पुगेका थिए । शर्पाविरुद्ध सुजनले दिएको उजुरीका आधारमा प्रहरीले शेर्पालाई पक्राउ गरेको हो ।
पक्राउ गरेपछि प्रहरीले गरेको अनुसन्धानबाट पनि शेर्पाले सुजनलाई झुक्याएर सुन भन्दै फलामको सामान दिएर ठगी गरेको निष्कर्ष निकालेको छ । हाल शेर्पाविरुद्ध प्रहरीले जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्