काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप १० अर्ब रुपैयाँ तरलता तान्न लागेको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत पुष १७ गते (मंगलबार) १० अर्ब तरलता खिच्न लागेको हो ।
मंगलबार निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले तान्न लागेको निक्षेपको अवधि ७ दिनको हुनेछ ।
ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा निक्षेप संकलन दर ३ प्रतिशत तोकेको राष्ट्र बैंकले भारित औसत अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम हुँदा बैंकिङ प्रणालीबाट ७ दिनको लागि १० अर्ब रुपैयाँ तान्न लागेको हो ।